भाद्र २८, काठमाण्डौ
आर.सी.कोइराला

काठमाडौं । यही भदौ २३ र २४ मा भएको जेन्जि आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा विभिन्न गतिविधिबाट भएको भौतिक पूर्वाधारको क्षतिपूर्ति बीमा कम्पनीहरूले निवेदन दर्ता शुरु गरेका छन्। आन्दोलनका क्रममा निजी तथा सार्वजनिक क्षेत्रका भवन, पसल, सवारी साधन, कार्यालयका सामग्रीदेखि विद्युत् पोल र संचार उपकरणसम्ममा ठूलो क्षति पुगेको थियो। प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी आउन थालेको छ । शुक्रबारसम्म करिब १५ अर्ब रुपैयाा बराबरको दाबी भुक्तानी आइसकेको नेपाल बिमक संघका महासचिव अशोक खड्काले बताए ।
बिमा दाबी भुक्तानी, र्फ्छ्योटलगायत प्रक्रिया छिटो र सहज तरिकाले टुंग्याउन बिमक संघको आग्रह रहेको छ, साथै विज्ञहरुले आफैंले सिर्जना गरेको क्षति भएकाले अन्तर्राष्ट्रिय सहयोग नहेरौं, आफ्नै स्रोतबाट पुनर्निर्माण गरौं भन्ने भनाइ राखेका छन ।
बीमा समितिले यस्तो क्षतिको दाबी छिटो फर्च्यौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिँदै प्रभावित बीमित संरचनामा तत्काल सर्वेक्षण गरी क्षतिको मूल्यांकन गर्न टोली खटाएको छ। समितिका अनुसार बीमा दाबी दर्ता शरु भइसकेका छन् ।
बीमा कम्पनीका अधिकारीहरूले जनाएअनुसार, तोडफोड वा आगजनीबाट भएको क्षति पनि बीमा संरक्षणभित्र पर्ने जति बीमित पक्षलाई आवश्यक रकम भुक्तानी गरिनेछ। तर बीमा नभएका संरचनाको क्षति भने सम्बन्धित सरोकारवाला निकायमार्फत मात्र हुने जनाइएको छ।
बीमा कम्पनीहरूको यस कदमले आन्दोलनबाट प्रभावित व्यापारी, उद्योगी तथा सर्वसाधारणलाई राहत दिलाउने र पुनःस्थापनामा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।





