महिलाले पनि राष्ट्रको सर्वोच्च नेतृत्व गर्न सक्छन

By RC Koirala

Published on:

Follow Us
---Advertisement---

पहिलो महिला प्रधानन्यायाधीश नै पहिलो महिला प्रधानमन्त्री

  • प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन, २१ फागुनमा निर्वाचन

भाद्र २८, २०८२

आर.सी. कोइराला

फोटोः सामाजीक सञ्जाल

नेपालको न्याय क्षेत्रको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशको गरिमा प्राप्त गरेकी शुसीला कार्की आज देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएकी छन्। राष्ट्रपति कार्यालयले शनिबार साँझ नेपालको इतिहासमा पहिलो पटक युवाहरुका माँझ युवाहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्रीमा नियुक्त गरेको घोषणा गरेको हो।

शुसीला कार्कीले यसअघि २०७३ सालमा सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश भएर न्यायपालिकामा ऐतिहासिक कदम चालेकी थिइन्। उनको कार्यकालमा न्यायपालिकामा पारदर्शिता, शुद्धता र विधिको शासनलाई प्राथमिकता दिइएको मानिन्छ।

सोमबार सुरु भएको जेन–जी आन्दोलनको दबाबले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । प्रतिनिधिसभा विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने मुख्य माग अघि सारेको जेन–जीका प्रतिनिधि र सरोकारवाला पक्षबीच भएको चरणबद्ध छलफलबाट कार्कीलाई प्रधानमन्त्री बनाउने टुंगो लागेको हो । कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा राष्ट्रपति पौडेल र जेन–जीका प्रतिनिधिबीच बिहीबारै वार्ता सुरु भएको थियो ।

फोटोः सामाजीक सञ्जाल

प्रधानमन्त्रीको रूपमा नियुक्त भएपछि कार्कीले राष्ट्रलाई समावेशी, पारदर्शी र सुशासनयुक्त मार्गतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले भनेकी छिन्, “म यस पदलाई जिम्मेवारी र अवसरको रूपमा लिनेछु। देशमा न्याय, सुशासन र समानताको सुनिश्चितताका लागि मेरो सम्पूर्ण प्रयास रहनेछ।”

उनको नियुक्तिलाई राजनीतिक दलका नेतादेखि आम नागरिकसम्मले ऐतिहासिक उपलब्धि भन्दै स्वागत गरेका छन्। विशेषगरी महिला नेतृत्वको भूमिकामा आएको यो परिवर्तनलाई नेपाली समाजको समावेशी र प्रगतिशील यात्रामा महत्वपूर्ण मोडको रूपमा हेरिएको छ। राजनीतिक अस्थिरता र द्वन्द्वबीच नयाँ इतिहास रच्दै महिलाले पनि राष्ट्रको सर्वोच्च नेतृत्व गर्न सक्छन् भन्ने सन्देश उहाँले दिनुभएको छ ।

राजनीतिक विश्लेषकहरूले शुसीला कार्कीको प्रधानमन्त्री नियुक्तिलाई “नयाँ राजनीतिक संस्कृतिको सुरुवात” भन्दै मुलुकको लोकतान्त्रिक अभ्यास अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन्।

---Advertisement---

Leave a Comment