विराट क्याम्पसको अध्यक्षमा आर.सी. कोइराला 

By Glossy Media

Published on:

Follow Us
---Advertisement---

विराटनगर, २९ साउन 

विराटनगरस्थित ऐतिहासिक शैक्षिक संस्था विराट क्याम्पसको सञ्चालक तथा व्यवस्थापन समिति पुनर्गठन गरिएको छ। हालै सम्पन्न क्याम्पस सञ्चालक समितिको बैठकले नयाँ संरचना अनुमोदन गर्दै आगामी कार्यकालका लागि पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको हो।

नव–पुनर्गठित सञ्चालक समितिको अध्यक्षमा आर.सी.कोइराला, उपाध्यक्षमा रोशन घिमिरे, सचिवमा उमेश दाहाल, कोषाध्यक्षमा शिक्षा पौडेल,  र सदस्यहरूमा कैलास दाहाल, हेमराज गुरुङ्ग, अमित अग्रवाल, सरोज पौडेल, र दृष्टि तिम्सिना चयन भएका छन्।

बैठकले शैक्षिक गुणस्तर वृद्धी, पूर्वाधार विकास, प्रविधिमैत्री कक्षा सञ्चालन, अनुसन्धान प्रवर्द्धन तथा विद्यार्थी हितका कार्यक्रमहरूलाई प्राथमिकता दिने निर्णय गरेको छ। अध्यक्ष आर. सी. कोइरालाले पुनर्गठित समितिले क्याम्पसलाई प्रदेश–स्तरमै नमुना संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विराट क्याम्पस, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सम्वन्धन प्राप्त क्याम्पस हो, जसले वि.स. २०४८ सालदेखि उच्च शिक्षाको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। हाल यस क्याम्पसमा राष्ट्रिय शिक्षा परिषद् अन्तर्गत कक्षा ११  १२ तथा स्नातक तह अन्तर्गतवि.वि.एस वि.एड. पठनपाठन भैरहेको  

शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न क्याम्पसको अध्यक्ष आर.सीकोइरालाक्याम्पस प्रमुख रोशन घिमिरेसहायक क्याम्पसप्रमुख अमित अग्रवालवि.वि.एस. को-अर्डिनेटर कैलास दाहाल, होटल व्यवस्थापन को -अर्डिनेटर सरोज पौडेल रहने व्यवस्था गरिएको छ ।

---Advertisement---

Leave a Comment