
१ साउन, काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संवैधानिक व्यवस्था बमोजिम गत जेठ १५ गते २०८२/८३ का लागि बजेट ल्याएको वजेट आज देखि कार्यान्वयनमा आउने छ ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजना सहित बजेट ल्याएको छ ।बजेट दुवै संसदबाट पारित भइसकेको छ । तर नयाँ आर्थिक वर्षअघि नै बजेट कार्यान्वयनको लागि पारित भए पनि नयाँ आर्थिक वर्ष आजबाट सुरु भएसँगै उक्त बजेट कार्यान्वयनमा गएको हो । तसर्थ आज बाट सबै मन्त्रालय, विभाग, निकायहरूलाई सर्कुलर गरी सकेको छ । त्यसैगरि सरकारले ल्याएका नयाँ करका दरहरू कतिपय १५ जेठ र बाँकी सबै आजैदेखि कार्यान्वयनमा आएका छन् ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । उक्त बजेटमध्ये सरकारले असार मसान्तसम्म १५ खर्ब २३ अर्ब १० करोड रुपैयाँ मात्रै खर्च गर्न सफल भएको छ । यो लक्ष्यको ८१.८७ प्रतिशत हो ।
सरकारको आम्दानी र खर्चका बीचमा तीन खर्बमाथिको खाडल देखिएको छ । जसको पूर्तिका लागि आन्तरिक तथा बाह्र ऋण उठाइने छ ।





