वृक्षारोपण कार्यक्रम सम्पन्न

By RC Koirala

Published on:

Follow Us
---Advertisement---

वुढानिलकण्ठ, काठमाण्डौ ।

वुढानिलकण्ठ नगरपालिकाको टोखा–६ स्थित हरिहर मन्दिरको प्राङ्गणमा लायन्स क्लब अफ काठमाडौं बुद्ध युनिभर्सलको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणको उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न जातका बिरुवाहरू रोपिए ।

कार्यक्रममा लायन्स क्लबका पदाधिकारीहरु, स्थानिय बासिन्दा, युवाहरू र वातावरणप्रेमीहरुको सक्रिय सहभागिता रहेको थियो । क्लबका अध्यक्ष शिरोमणी पौडेलले वातावरण संरक्षणको महत्वमाथि प्रकाश पार्दै यस्तो कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा करिब ५०० वटा बोटबिरुवा रोपिएको जानकारी दिइएको छ। सहभागीहरूले हरियाली अभियानलाई निरन्तरता दिँदै भविष्यमासमेत यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता जनाए।

स्थानीय समुदायको सहकार्यमा सम्पन्न वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

---Advertisement---

Leave a Comment