मुटु परीक्षण तथा रक्तदान शिविर सम्पन्न

By Glossy Media

Published on:

Follow Us
---Advertisement---

वानेश्वर, काठमाडौं ।
शहिद गंगालाल ह्र्दय केन्द्रको प्राविधिक सहयोगमा ईम्पेरियल बिजनेस कलेज, वानेश्वरमा एक दिवसीय मुटु परीक्षण तथा रक्तदान शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा कुल ४२३ जनाले मुटु परीक्षण गराएका थिए भने १९ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। मुटु रोगसम्बन्धी सचेतना अभिवृद्धि तथा प्रारम्भिक परीक्षणको माध्यमबाट जोखिमको पहिचान गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले विद्यार्थी, शिक्षक, कर्मचारीलाई प्रत्यक्ष लाभ पुगेको आयोजकले जानकारी दिएका छन्।


कार्यक्रममा शहिद गंगालाल राष्ट्रीय हृदय केन्द्रका अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका थिए । यस्ता शिविरहरूले समाजमा स्वास्थ्यप्रतिको सचेतना बढाउने विश्वास ईम्पेरियल बिजनेस कलेजले लिएको छ।
शिविर सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण संस्था, स्वयंसेवक तथा सहभागीहरूलाई कलेजका प्राचार्य प्रताप शाक्यले  धन्यवाद ज्ञापन गरेका थिए । पोखरा विश्व वीद्यालयको सम्वन्धन प्रप्त यस कलेजमा स्नातक तह अन्तर्गत वि.वि.ए. र वि.एच.सि.एम. कार्यक्रम सञ्चालनमा रहेको छ भने स्नातकोत्तर तर्फ एम.एच.सी.एम कार्यक्रम रहेको छ ।

Leave a Comment