
२ कात्तिक, काठमाडौं ।
गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई काठमाण्डौ बाट पक्राउ गरेको हो । लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लगीएको छ ।
पुर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्ने सन्दर्भमा १५ जेठमा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सूर्य थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन भयो । समितिले सहकारीको रकम अपचलनमा लामिछाने समेतलाई दोषी ठहर गर्दै ४ असोज २०८१ मा प्रतिवेदन बुझाएको थियो । उता नेपाली कांग्रेसले सहकारी ठगीको मामलामा संसदीय समिति गठन गरेर छानबिन हुनुपर्ने माग निरन्तर राखिरह्यो । यही विचमा सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो ।

ठगी र संगठित अपराध अनुसन्धानमा उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो ।
सूर्यदर्शन सहकारी प्रकरणमा पहिलो चरणको अनुसन्धान सकेर २०८० असोज १८ मा गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । उनीहरूमध्ये सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आर्ईटी प्रमुख भवीश्वर अर्याल पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् ।
कास्की जील्ला अदालतले रवि लामिछाने, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पनि पक्राउ गर्न अनुमति दिएको छ ।
सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय ५० बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत थियो । जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै चलाएको मुद्दा अदालतमा विचाराधीन छ । प्रतिवेदनमा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९ सय ८ रुपैयाँ सहकारीले ऋण लगानी गरेको उल्लेख छ । यसमध्ये ३० करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगानी भएको तमसुकसमेत छ । लामिछाने २०७७ सालमा सञ्चालकका रूपमा गोर्खा मिडिया नेटवर्कमा प्रवेश गरेका थिए ।





