२०८१।०६।१५ गते मंगलवार वुढानीलकण्ठ १०,कपन

मिति २०८१।०६।१० गते अभिमुखीकरण गरी लायन गोपाल काफ्लेको अध्यक्षतामा विधीवत रुपमा सञ्चालनमा आएको लायन्स क्लव अफ वुद्ध युनिभर्सलले आज मिति २०८१।०६।१५ गते मंगलवार वुढानिलकण्ठ नगरपालीका वडा नं १० ज्योतिनगर बालुवाखानी चोक, कपन स्थित अपाङ्ग असक्त सेवा केन्द्रमा ५ बोरा चामल, ५ के. जी. खाने तेल, ५ के.जी. दाल , ५ के.जी. नुन, बेसार ,१ कार्टुन फ्रुटी र बिस्कुट वितरण गरेको छ ।
कार्यक्रमको संयोजन लायन रमेश न्यौपानेले गर्नुभएको थियो । लायन्सको मुल मर्म जहाँ आवश्यकता त्यहाँ लायन्स लाई आत्मसात गर्दै पहीलो राहत वितरण कार्यक्रमको शुरुवात गरिएको कार्यक्रमका अध्यक्ष लायन गोपाल काफ्लेले वताए । उक्त केन्द्रमा रहेका विभिन्न फरक क्षमता भएका २५ जना व्यक्तिहरु रहदै आएको र उक्त केन्द्रको हेरदेख तथा सञ्चालन मेख वहादुर वि.क. ले गर्दै आउनु भएको छ ।

देशमा प्राकृतिक विपत्तिले आक्रान्त वनाएको अवस्थामा अन्य प्रभावीत क्षेत्रमा राहतको ठुलो आवश्यकता भएतापनि यस केन्द्रमा रहेका व्यक्तिहरुलाई हिन्दुहरुको महान चाड विजया दशमीको मुखैमा खानपीनमा नै समस्या रहेको वुझीएकोले थोरै भएपनि राहत उपलव्ध गराउने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको काफ्लेले बताए ।

कार्यक्रममा लायन्स ३२५ आईका क्लस्टर चिफ लायन एल.पी. कट्टेल, जोन चेयर पर्सन बदन भण्डारीले यस्ता र यस्तै प्रकृतिका विभिन्न कार्यक्रमहरु लायन्सले गरिरहेको र आगामी दिनमा पनि गरिरहने वताए । कार्यक्रममा क्लवका प्रथम भि.पी.लायन सीरोमणी पौडेल तृतीय भि.पी. सन्तोष काफ्ले, सचिव आर.सी. कोइराला सदश्य राधा शाह तथा देवेन्द्र मास्के लगायतको उपस्थिती थियो ।





