
विराटनगर,
२०८१ असार २१ गते
नेपालको पुर्व क्षेत्रकै शैक्षिक धरोहरको रुपमा वि.स. २०४८ सालमा स्थापित विराट क्याम्पसमा यस शैक्षिक शत्र २०८१ देखि व्यवस्थापन शिक्षा सँगै सुचना प्रविधी संलग्न गरि भर्ना खुलाएकोमा प्रवेश परीक्षा सम्पन्न भएको छ । कक्षा ११ को नयाँ भर्नाको लागी लिएको प्रवेश परिक्षामा ५५७ जना विद्ध्यार्थी सहभागी भए ।
विद्ध्यार्थीको रोजाईमा सुचना र प्रविधी परेकोले विराट क्याम्पसमा प्रवेश परिक्षा दिने संख्या उच्च छ । विकासको द्रुत विकाससँगै विश्वव्यापी रुपमा नै सुचना प्रविधी सहितको व्यवसायीक दक्ष जनशक्तिको बढ्दो माग लाइ सामान्य अर्थात पाठ्यसामग्रीमा भएका ज्ञान प्राप्त गर्ने विषयवस्तुले मात्र समेट्न नसक्ने भएकोले निश्चित छ। यसर्थ ज्ञान,शिप र प्रश्तुती सहितको एक सक्षम तथा योग्य नागरिक वन्न नसकीरहेको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै सुचना र प्रविधीलाइ संलग्न गरि यसै वर्ष देखि भर्ना प्रकृया अगाडी बढाएको क्याम्पसका सहायक प्राचार्य रोशन घिमिरेले वताए । यसका साथै कक्षा ११ र १२ मा अध्ययन गरिरहेको समयमानै विद्ध्यार्थीहरुलाई विभिन्न किसीमका सुचना प्रविधी लाई आवश्यक वेव डेभलपमेन्ट, ग्राफिक डीजाइन, नेट वर्कीङ, जाभा, पाइथान लगायतका जिवन उपयोगी तालीम समेत गराइन्छ ।






