अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

By Glossy Media

Published on:

Follow Us
---Advertisement---

काठमाडौं – अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ ।

नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको छ । हाम्रो खेलकुद र अमेरिकामा उक्त खेलको आयोजना अधिकार पाएको ड्रिम स्पोर्टस भेन्चर्सबीच दुई खेलको प्रत्यक्ष प्रसारणका लागि शुक्रबार सम्झौता भएको छ ।

हाम्रो खेलकुदलेले आफ्नो युट्युब च्यानलबाट दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । तयारीका क्रममा हाल वेस्ट इन्डिजमा रहेको नेपाली टोली शनिबार अन्तिम अभ्यास खेलपछि अमेरिका जानेछ ।

क्यानबाट निलम्बन फुकुवा भएका स्पिनर सन्दीप लामिछानेले पनि यी खेल खेल्ने सम्भावना छ । क्यानले आइसीसीबाट उनलाई विश्वकपमा समेट्न स्वीकृति दिएसँगै अब सन्दीप टोलीसँग अभ्यास खेल र प्रशिक्षणमा जोडिने भएका हुन् ।

हुस्टन हरिकेन्ससँगको खेलपछि र विश्वकपअघि नेपाली टोलीले दुईवटा वार्मअर्प खेल पनि खेल्नेछ । नेपाली टोलीले मे २७ मा क्यानाडा र मे ३० मा आयोजक अमेरिकासँग ड्यालासमा वार्मअप म्याचमा प्रतिस्पर्धा गर्नेछ ।

---Advertisement---

Leave a Comment